FAQs Complain Problems

शा.न.पाले निःशुल्क सेनेटरी प्याड उपलव्ध गराउने

शारदा नगरपालिकाले नया वर्षको प्रारम्भ देखिनै नगर भित्रका १३ वटा माध्यमिक बिध्यालयका छात्रा हरुका लागि निशुल्क सेनेटरी प्याड उपलव्ध गराउने भएकोछ।आज एक कार्यक्रमका बिच साहुटोलामा स्थापना भएको सुरक्षा सेनेटरी प्याड उद्ध्योगको उद्घाटन गर्दै शारदा नगर प्रमुख शुरेस अधिकारिले यो कुराको घोषणा गर्नुभएकोहो। महिनावारी भएको अवस्थामा बिध्यालय जान नसक्ने अवस्थामा छात्रा हरु रहेको भन्दै प्याड निशुल्क बितरण गर्दा त्यो अवस्था वाट मुक्ती मिल्ने आफुले आशा राखेको अधिकारिले वताउनुभयो।साथै महिला स्वास्थ्य लाई ध्यानमा राख्नु नगरको जिम्मेवारी भएको उल्लेख गर्दै अधिकारिले प्याडको सुरक्षित प्रयोग गर्न सवै महिला दिदी बहिनी हरुलाइ अनुरोध गर्नुभयो। कार्यक्रम लाई सम्बोधन गर्दै शारदा नगर उप प्रमुख सावित्रा वस्नेतले प्याडको प्रयोगले महिला स्वास्थ्यमा सकारात्मक असर देखिने भन्दै आत्मबिस्वास बढाउन पनि यस्ले भुमिका खेल्ने उल्लेख गर्नुभयो।
चिकित्सक हरुका अनुसार प्याडको प्रयोगले भिविन्न सक्रमन बाट महिला लाई जोगाउन सकिन्छ। सेनेटरी प्याडको प्रयोग लाई बढावा दिन र सुलभ रुपमा उपलव्ध गराउन उद्ध्योग स्थापना गरिएको सन्चालक लक्ष्मी वस्नेतले वताउनुभयो।वस्नेतका अनुसार महिनावारिका समयमा कपडाको प्रयोग गर्ने चलन व्यापक रहेको र यस्ले महिला स्वास्थ्यमा असर पुर्याइ रहेको देखिएकोछ। कार्यक्रममा वडा अध्यक्ष हरु सुधन विस्ट,प्रदिप शाही,नेकपा नेता रमेश गौतम,शिक्षक नेता इन्द्र शर्मा,निम बहादुर नेपाली,पत्रकार हरु लगाएतको उपस्थिती थियो।