शारदा नगरपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस !!!

एड्स सम्वन्धी तालिम सम्पन्न

शारदा नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी,उपस्वास्थ्य चौकी र शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी हरुलाइ नगरपालिकाले (PMCT)एड्स सम्वन्धी तालिम दिएकोछ।एड्स प्रभावित आमा बाट बच्चामा रोग सङ्क्रमित भए नभएको बुझ्ने र रोग सर्न नदिन अपनाउने उपाए वारे तालिममा प्रशिक्षित गरिएको नगर स्वास्थ्य प्रमुख रबिन विस्टले जानकारी दिनुभयो।
दुई दिन सम्म चलेको तालिमको समापन शानपा प्रमुख सुरेश अधिकारिले गर्नुभएको थियो।कार्यक्रममा बोल्दै अधिकारिले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न अपिल गर्दै स्वास्थ्य सेवा दिने क्रममा कुनै कुराको कमि भए तत्काल पूरा गरिने वाचा गर्नुभयो।"तपाईं हरुलाइ सेवा सामगृको कुनै कमि भए नगरमा सम्पर्क गर्नुहोस तत्काल पुरागर्ने प्रयास गर्छौ" अधिकारिले भन्नुभयो-"सवभन्दा बढी लगानी नगरले स्वास्थ्य क्षेत्रमा गरेकोछ।" कार्यक्रममा वोल्दै कार्यकारी अधिकृत कृष्ण वहादुर शाहिले स्वास्थ्यकर्मी प्रती नगरको पूरा भरोशा भएको भन्दै तालिम बाट सिकेका कुरा नगरवाशिको सेवामा खर्चिन सवैलाइ अनुरोध गर्नुभयो। समापन कार्यक्रममा नगर पालिकाले स्थापना गरेका ६ वटा सहरी स्वास्थ्य सेवा क्लिनिक हरुलाइ स्टेचर उपलव्ध गराइएको थियो। कार्यक्रममा नगरका लेखा अधिकृत वामदेब शर्मा पनि उपस्थित हुनुहुन्थ्यो।