FAQs Complain Problems

दलित जेष्ठ नागरिक लाई राहत वितरण

शारदा नगर पालिकाले ६० वर्ष उमेर पुगेका दलित जेष्ठ नागरिक लगाएत ७० वर्ष उमेर पुगेका वडा नम्वर ३ का सवै जेष्ठ नागरिक हरुलाइ १ थान व्ल्याङ्केट र १ थान हर्लिक्स वितरण गरेकोछ।वडा नम्वर ३ ले तय गरेको कार्यक्रम अनुसार वडा भित्र रहेका ७० जना त्यस्ता जेष्ठ नागरिक हरुलाइ सामग्री वितरण गरियको हो।
शारदा नगर पालिकाका प्रमुख सुरेश अधिकारी र वडा नम्वर ३ का अध्यक्ष टोप बहादुर थापाले जेष्ठ नागरिक हरुलाइ एक कार्यक्रमका विच सामग्री हस्तान्तरण गर्नु भएको हो। सामग्री वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख अधिकारिले सन्सार देखाउने वा आमाको सम्मान वाट नै समाजको सम्मान हुने भन्दै त्यस्को पहल शारदा नगरपालिकाले गरेको उल्लेख गर्नुभयो।जेस्ठ नागरिक हरुलाइ दशै खर्च देखि निशुल्क औषधीको व्यवस्था समेत नगरले गरेको भन्दै अधिकारिले उहाहरुको समाज रुपान्तरणको योगदानको कदर गर्न नगर पछि नपर्ने वाचा गर्नुभयो। कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष थापाले जेष्ठ नागरिक हरु अनुभवका खानी भएको भन्दै उहाँ हरुको अनुभवको सुनुवाइ गर्दै आफू अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो।