शारदा नगरपालिकाको सातौ नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएकोछ।"सम्बृद्ध नेपाल,सुखी नेपाली"को रास्टृय नीति लाई सार्थक तुल्याउन "सम्बृद्ध नगर,खुशी नगरवासी"को नीति अङ्गिकार गर्ने कार्यक्रम सहितको बजेट प्रस्तुत गरिएकोछ।
सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सुरेश अधिकारिले नगरवासीको स्वास्थ्य पहिलो प्राथमिकतामा रहने भन्दै कोरोना सङ्क्रमन र अन्य स्वास्थ्य समस्या सङ्गको लडाइलाइ यो बर्ष पहिलो प्राथमिकता दिइएको बताउनुभयो।त्यो बाहेक कृषि,पशुपालन,शिक्षा , रोजगार प्रवर्धन नगरका अन्य प्राथमिकता रहेको अधिकारिले प्रस्तुत गर्नुभएको कार्यक्रममा उल्लेखछ।
त्यस्तै,नगरले निर्माण गरिरहेका क्रमागत र गौरवका योजना हरुको निरन्तरता,पुर्वाधार बिकाश,बाकी रहेका ठाउँ हरुमा बिधुतीकरण,श्रीनगर बजारमा अत्याधुनिक बसपार्क निर्माण,लघुउद्धम बिकाश,जेस्ठ नागरिक,अपाङ्ग र अन्य लक्षितवर्गका लागि उत्थान कार्यक्रम,र प्रयटन प्रवर्धन लाई पनि कार्यक्रममा प्रथमिकता दिइएकोछ।
यसैगरी,सातौ नगरसभामा उप प्रमुख सबित्रा बस्नेतले कुल ४९ करोड ९९ लाख,१२ हजार ५ सय १० रुपैयाको बजेट प्रस्तुत गर्नुभएकोछ।यसन्तर्गत,सङ्घिय बितिय समानिकरण तर्फ ११करोड,८६ लाख,सङ्हिय राजश्व बाडफाड तर्फ ९ करोड २८ लाख,ससर्त अनुदान तर्फ २७ करोड ३२ लाख,प्रदेश बित्तिय समानिकरण तर्फ ९८ लाख ८० हजार र नगरको आन्तरिक श्रोत बाट ५४ लाख रहेकोछ।
बजेट प्रस्तुत गर्दै उप प्रमुख बस्नेतले महामारिको रुपमा फैलिएको कोरोना सङ्ग्क्रनका कारण देशको बित्तिय अवस्था सङ्ग्कटापन्न रहेको र त्यस्को असर नगरमा पनि पर्न सक्ने भन्दै सिमित श्रोत र साधनका बावजुद पनि त्यस्को अधिकतम प्रयोग गर्ने नगरको लक्ष रहेको स्पस्ट पार्नुभयो।
सवै,सभासद हरुको उपस्थिती रहेको सभामा नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देभकोटा,योजना अधिकृत केशव बुढाथोकी,प्रशासकिय अधिकृत चित्र ढकाल,नगरका विभिन्न शाखाका कर्मचारी हरु र पत्रकार हरुको उपस्थिती थियो।