FAQs Complain Problems

शारदा नगरपालिकाकाे तेश्राे नगरपरिषद्काे निर्णयहरु

यस शारदा नगरपालिका कार्यालय सल्यानको आ.व. २०७३।०७४ को निति कार्यक्रम तथा वजेट पारित गर्न वसेको तेस्रोे नगर परिषद्को वैठकले तपसिल वमोजिमको निर्णयहरु सर्वसम्मतिले पारित गर्ने निर्णय गरियो ।

निर्णयनं १.  यस शारदा नगरपालिकावाट २०७२ पौष मसान्त सम्ममा सर्वदलिय सर्वपक्षिय एवं नगर वोर्ड ले वैठक वसी गरेका निर्णयहरु यस दोश्रो नगर परिषदवाट अनुमोदन गरियो ।
निर्णय नं.२.  शारदा नगरपालिका कार्यालयवाट २०७३÷७४ को लागि पेश गरेको आय अनुमान रु. ८ करोड ४० लाख ९८ हजार र व्यय अनुमान रु. ८ करोड ४० लाख ९८ हजार यस नगर परिषद वाट पारीत गर्ने निर्णय गरियो ।
निर्णय नं.३. नगरपालिकाका वासिन्दाहरुलाई स्थानीय स्तरबाटै सेवा सुविधा उपलब्ध गराउन यथाशिघ्र पदपूर्ति समिति गठन गरी पदपूर्तिको कार्य अगाडि बढाउने निर्णय गरियो । 
निणनं ४. स्वायत्तशासन ऐन,२०५५ तथा नियामावली,२०५६ अनुसार निम्न विषयहरुमा निर्णय गर्ने अधिकार न.पा. वोर्डलाई प्रत्यायोजन गर्ने निर्णय गरियो ।

क. नगरपालिकाको कार्यक्रम कार्यान्वयन एवं विविध विषयमा छलफलर परामर्श लिन विषयगत समिति  उपसमिति र अन्य समिति गठन गरी काम कारवाहीलाई सहज तुल्याउने । 
ख. नगरपालिकाको आय व्ययको अन्तिम लेखापरीक्षक नियुक्ति गर्ने ।
ग. आवश्यक निर्देशिका कार्यविधि र विनियावली वनाई लागुगर्ने ।
घ. अनुमानित वजेट तथा तोकियको योजनामा काम सम्पन्न हुन नसकेको वा प्राविधिक लगायत अन्य कुनै कारणबाट कुनै योजना वा कार्यक्रममा काम हुन नसकेको वा खर्च गर्न मनासिव नदेखिएको अवस्थामा त्यस्तो वजेट अन्य योजना वा कार्यक्रममा  राखी कार्यन्वयन गर्ने ।
ङ. पदपुर्ति समितिबाट शिफारिस भई आएका कर्मचारीलाई नियुक्तिको निर्णय गर्ने ।
च. नगरपालिकामा रहेको टिपर तथा खरिद हुन लागेको व्याक–हो–लोडरको भाडा दिने प्रयोजनको लागि भाडा दस्तुर सम्बन्धमा अध्ययन गरि पछि लागु गर्ने निर्णय गरियो ।
छ. नगरपालिकाको आन्तरिक आयस्रोतलाई बृद्धि गर्नका साथसाथै व्यवस्थित बनाउनको लागि आगामी आथिक वर्ष देखि एकिकृत सम्पतिकर लगाउने सम्बन्धमा पहल गरिने छ ।
ज. स्थानीय विकास कोष अनुदान तथा सडक बोर्डबाट आगामी आ.व.मा संचालन हुने आयोजनाहरु छनौट गर्ने ।
झ. संगठन संरचनामा भएका पदहरुको कार्यविवरण तयार गरी लागु गर्ने ।
ञ. पदपूर्ति समितिको अध्यक्ष २०७२ माघ महिना भित्र तोकी सक्ने गरी न.पा.वोर्डलाई अधिकार प्रत्यायोजन गरियो ।
निर्णय नं. ५. सल्यान उद्योग बाणिज्य संघको कार्यक्रमलाई प्रभावकारी बनाउन सार्ववनिक नीजि साझेदारीको अवधारणा अनुसार स्थानीय कर संकलन अधिकाधिक रुपमा जिम्मेवारी गराउने र उठेको करको पन्ध्र प्रतिसत रकम प्रतिवर्ष प्रसासनिक खर्च स्वरुप उपलव्ध गराउने  साथै चालु आ.व.मा व्यवसायिक कर संकलन सिलसिलामा दर्ता दस्तुर मिनाहा गरी वाषिक कर मात्र संकलन गरी व्यापारीहरुलाई कर संजालमा आवद्ध हुन प्रेरीत गर्नेे ।
निर्णयन नं.६ शारदा न.पा.कार्यालयमा  हाल कार्यरत स्थानीय तहका स्थायी तथा करारका अनुसूची १ वमोजिमका कर्मचारी हरुको तलवी प्रतिवेदन पारित गरियो ।
निर्णय नं.७ शारदा नगरपालिकामा हाल कार्यरत स्थानीय तहका स्थायी कर्मचारीहरुलाई समायोजन गर्दै शारदा नगरपालिकाको दरवन्दी संचरना अनुसूचि २ तथा संगठन संरचना अनुसूचि ३ बमोजिम हुने निर्णय पारित गरियो ।
निर्णय नं.८ शारदा नगरपालिकाको आयव्यय अनुमानको आधारमा तयार गरिएका्े चालु आ.व.को संसोधित योजना तथा कार्यक्र र आ.व. २०७३÷७४ को लागि छनौट योजना तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरियो 
निर्णय नं. ९ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यलाई अभियानका रुपमा संचालन गरिने र यसका लागी अन्य सरोकारवाला संग समेत साझेदारीका कार्यक्रम संचालन गर्ने निर्णय गरियो ।
निर्णय नं १० शारदा नगरपालिका भित्रको वडानं १ श्रीनगर तथा चैवाङ ज्यूला एरियामा जग्गा अतिक्रमण गर्ने कार्य दिनहु वढदै गएकोले उक्त कार्यलाई पूर्णरुपमा नियन्त्रण गर्न स्थानीय प्रशासन लगायत सम्वद्ध निकायमा अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं.११ श्रीनगरवजारमा निर्माण गरिएको तरकारी तथा फलफुल सव्जी मन्डीमा हाटवजार नराखी विभिन्न चोक तथा गल्ली र सार्वजनिक वाटोमा फोहरफाल्ने सामान विक्री गर्ने प्रवृती देखिएकोले अवदेखि हाटवजार व्यवस्थापन समितिले सो कार्यको पूर्णरुपमा रेखदेख र नियन्त्रण गरी निश्चित स्थान तोकी दिने  साथै तोकिएको हाटवजारमा वाहेक अन्यत्र सामान विक्रि गर्नेलाई पटकै पिच्छे रु १००। जरिवाना गरी अशुर उपर गर्ने निर्णय गरियो।
निर्णय नं. १२. आव ७३÷७४ को लागि विभिन्न क्षेत्रवाट माग भई आएका नगरपालिकाको श्रोत साधन र क्षमताले नभ्याउने जिल्ला स्तरका निम्न  आयोजना हरु छनौट गरी कार्यान्वयन गर्न जिल्ला विकास समितिको कार्यालयमा अनुरोध गरि पठाउने निर्णय गरियो ।
क. शिवजन उ.मा.वि.मा रहेको दृष्टिविहीन छात्रबास मर्मत तथा सुधार गर्ने वडा नं.१ 
ख. तिमीलेचौर चौर खा.पा. निर्माण वडा नं ७ 
ग. टाट्के सिचाई कुलो मर्मत साविक वडा नं. ७ 
घ. आरा सिचाई योजना (लिफ्ट सिस्टम ) वडा नं. ९
ङ. शान्तिनगर लेखबेशी मोटरवाटोको शारदा नदीमा पक्की पुल निर्माण वडा नं. १२
च. रेशम ज्युला फलेदा ज्युला सांगार, सिमल ज्युला मोटरवाटो निर्माण वडा नं. १२  
छ. खारखोलामा पक्की पुल निर्माण  वडा नं. १३
ज.कैचीमोड हुदै जोगीचौर, आमलावोट, काउलेखोला,घोरनेटी, स्यानीखाल मोटरवाटो निर्माण वडा नं. १३
झ.सृजनशिल कवुलियती वन तथा वातावरण विकास कार्यक्रम शा.न.पा. वडा नं.२

निर्णय नं.१३. शारदा नगरपालिका कार्यालयमा हुने आर्थिक कारोबारको आ.ले.प.को लागि अन्यथा व्यवस्था भएकोमा बाहेक हाललाई जि.वि.स.को आ.ले.प.गराउन जि.वि.स.संग अनुरोध निर्णया गरियो ।

निर्णय नं.१४. कार्यालयको कार्यबोझको आधारमा योजना शाखातर्फ सार्वजनिक निर्माणको कार्य गर्र्न यस अघि करार सेवामा कार्यरत रहनु भएका प्राविधिक असिष्टेन्ट सव–इन्जिनियर श्री ओमबहादुर ऐरीलाई करार सेवामा काममा लगानउने र आवश्यकता अनुसार अन्य प्राविधिक पदमा पनि करार सेवामा नियुक्ति गरी काममा लगाउने निर्णय गरियो ।
निर्णय नं.१५. स्थानिय निकायमा कार्यरत कर्मचारिहरुको पोशाक र स्थानिय भत्ता भुक्तानि गर्न आन्तरिक श्रोतको आधारमा आवश्यक ब्यवस्था गर्ने निर्णय गरियो ।
निर्णय नं १६ राजश्व परामर्श समितिले २०७२÷७३ का लागि निर्धारण गरेका अनुसूचि ४क बमोजिमका संसोधित करका दर, सेवा शूल्क, दस्तुर तथा जरिवानाह २०७२ माघ १ देखि र आ.व.२०७३।०७४ को लागि प्रस्तावित गरेको अनुसूचि ४ख बमोजिमका करका दर सेवा शूल्क दस्तुर जरिवानाहरु आगामी वर्षमा लागुगर्ने निर्णय गरियो ।
निर्णय नं. १७  नगरपालिका क्षेत्र वाट संकलन हुने राजश्व वाडफाड वापत यस नगरपालिकालाइ राजश्व गत आ.व.को हालसम्म प्राप्त नभएकोले उपलव्ध गराइदिन जिल्ला विकास समिति सल्यान समक्ष अनुरोध गर्ने निर्णय गरियो ।
निणयनं १८ शारदा नगरपालिका भित्र पर्यटकिय तथा धार्मिक क्षेत्रको रुपमा रहेको खैरावाङ भगवति मंदिरमा हालसम्म प्राप्त आमदानी तथा खर्चको लेखाजोखा हिसाव किताव एकिन नभएकोले सो मन्दिरको खर्चको ब्यवस्थित गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरियो ।
निर्णय नं १९ आ व २०७०÷०७१ को लेखापरिक्षण हुदा कायम हुन आएको वेरुजुको सम्वन्धमा नियमित गर्ने वा अशुलउपर गर्ने र वेरुजु सम्बन्धमा आवश्यक कारवाही गर्न नपालाई निर्देशन दिने र लेखापरिक्षक श्री गंगाबहादुर के.सि. ले पेश गरेको लेखा परिक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरियो ।
निर्णयनं २० यसै आ.व.मा नगर आवधिक बिकास योजना निर्माण गर्ने र बजेट व्यवस्था हुन सकेमा आवश्यकता अनुसार अनुगमन मूल्याङ्कन निर्देशिका, भू–उपयोग योजना लगायत अन्य निर्देशिका तथा विनियमावली बनाउने निर्णय गरियो ।
निर्णय नं. २१ नगरपालिका भित्ररहेका एैलानी तथा प्रति जग्गाको लगत तयार गरी संरक्षण गर्ने निर्णय गरियो ।
निर्णय नं. २२ नगरपालिकाको बिभिन्न क्षेत्रमा अव्यवस्थित रुपले जग्गा प्लटिङ भईरहेकोमा उक्त कार्यलाई ब्यवस्थित गर्न अनिवार्य रुपमा प्लटिङ परमिट लिएरमात्र प्लटिङ गर्ने व्यवस्था गर्ने निर्णय गरियो ।
निर्णय नं २३ नगरपालिकाभित्र तोकेको स्थानवाहेक अन्य कुनैपनि स्थानमा गाडीपार्किङ गर्न रोक लगाउने र जथाभावी गाडी पार्किङ गरेमा पटकैपिच्छे रु ५००। जरिवाना गर्न स्थानीय प्रशासनमा अनुरोध गर्नै निर्णय गरियो ।
निर्णय नं. २४ शारदा नगरपालिका वडानं १२ को वडा कार्यालयभवन स्थल छनौटगर्दा वडाविवाद हुन गएकोले उपयुक्त स्थानमा स्थान तोक्ने अधिकार नगरपालिका वोर्डलाई दिने निर्णय गरियो ।
निर्णय नं २५ उपभोक्ता समितिविच विवाद वा सहमति कायम हुन नसकी काम हुन नसकेमा वा योजना सम्झौता नभएमा अन्य वैकल्पिक व्यवस्था गरी योजना संचालन गर्ने निर्णय गरियो ।
निर्णय नं. २६ आवको अन्तसम्म योजना सम्पन्न नगरी भुक्तानी मागगर्ने वा एकआवमा काम गरेको देखाई अर्को आवमा रकम मागगर्नै  उपभोक्ता समितिलाई भुक्तानी नदिने र गुणस्तरहिन काम भएको पाईएमा सचेत वा आवश्यक कारवाही गर्नै अािधकार वोर्ड कमिटीलाई प्रदान गर्ने निर्णय गरियो।
निर्णय नं २७ सामाजिक सुरक्षा अन्तर्गत २०७२ मंसिर १५ गते सम्म यस कार्यालयमा आवेदन दर्ता भएका ७० वर्ष उमेर पुगेका जेष्ठनागरिक ९१७ जना, दलित १५२ जना, एकल महिला बिद्धवा महिला १००१ जना तथा दलित नावालक ५०६ पूर्ण अपाङ्ग ५० जना र आंसिक अपाङ्ग ५८ जना समेत कुल २६८४ जनाको विवरण शामाजिक सुरक्षा भत्ता प्रयोजनको लागि जिविस मार्फत मंत्रालयमा पठाउन सिफारिस गर्ने निर्णय गरियो ।
निर्णयनं २८  नगरपरिषद सम्पन्न गर्न अतिरिक्त समय काम गर्ने नगरपालिकाका कर्मचारीहरुलाई प्रा्ेत्साहन वापत  खटनको अवस्थाहेरी बढीमा एक महिनाको सम्मको शुरु तलव उपलव्ध गराउने निर्णय गरियो ।
निर्णय नं. ३०  यस कार्यालयमा कार्यरत साविक गा.वि.स.का स्थायी कर्मचारीहरु लाइ समान श्रेणीको पदमा समायोजन गर्ने मन्त्रालयको परिपत्रानुुसार सहलेखापाल तथा लेखापाललाई प्रशासन सेवाको समान स्तरको खरिदार ÷ ना.सु. पदमा समायोजन गरि विभिन्न शाखा वा वडा सचिवमा काममा लगाउने निर्णय गरियो ।
निर्णय नं ३१ नगरपरिषद सम्पन्न गर्न प्रत्यक्ष वा परोक्षरुपमा सुझाव र सहयोग पुरयाउनुहुने सम्पुर्ण राजनैतिक दल जिविस नागरिक समाज पत्रकार संघसंस्था कार्यालय प्रमुख सवैमा हार्दिक धन्यवाद प्रदान गर्ने निर्णय गरियो । 
निर्णय नं.३२ कार्यकारी अधिकृतले नगरप्रमुखको समेत कार्यभार सम्माल्नु पर्ने भएकोले निजलाई आन्तरिक श्रोतबाट व्यहोर्ने गरी मासिक रु.४५००। भत्ता स्वरुप उपलब्ध गराउने निर्णय गरियो । 

निणर्य नं. ३३ नगरपालिकाको यस वाहेका अन्य निर्णयहरु गर्न तथा यि माथिका निर्णयहरु उपर सामान्य फेरवदल गर्न नगर परिषद्को अधिकार यस पछि नगरपालिका वोर्डलाइ अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो । 
निर्णय नं ३४ यस नगरपालिकाको नगरयातायात गुरु योजनामा उल्लेख भएको सडक क्षेत्राधिकालाई तपशिल बमोजिम संसोधन गरी लागु गर्ने निर्णय भयो ।
तपशिल
क्र.स.    सडक वर्ग    सडक क्षेत्राधिकार    कैफियत
१    क वर्ग ब् अअबिकक    १५ मिटर    
२    ख वर्ग द्य अबिकक    १० मिटर    
३    ग वर्ग ऋ अबिकक    ६ मिटर    
४    घ वर्ग म् अबिकक    ४ मिटर    

निर्णय नं ३५ यस नगरपालिककाबाट तयार भएको भवन तथा योजना निर्माणको मापदण्ड,२०७२ पारित गरी मिति २०७२ माघ १ गते देखि लागु गरी घर नक्सा पास प्रावधान लागुु गर्ने र यस सम्बन्धी अन्य प्रावधान यथाशिघ्र बनाई लागु गर्ने निर्णय गरियो ।

ञ    निर्णय नं ३६.आ.व.२०७३÷०७४ को लागि विभिन्न वडा स्तर तथा क्षेत्रबाट केन्द्र स्तरमा माग गर्ने भनि आएका र नगरपालिकाको श्रोत साधन र क्षमताले नभ्याउने निम्न बमोजिमका आयोजनाहरु आवश्यकजेट विनियोजनको लागि मन्त्रालयमा माग गरी पठाउने निर्णय गरियो । 
तपशिल
क. सल्यान छायाक्षेत्र वडा नं. ९ देखी लान्ती वजारवाट रानागाउँ चैवाङ्ग हुदै खैराङ्ग जोड्ने मोटरवाटो     निर्माण गर्ने । (पर्यटन मन्त्रालय÷वोर्ड) वडा नं.१
ख. डउडेखोला खा.पा. योजना वडा नं.वडा नं.७ 
ग. टाट्के सिचाई कुलो वडा नं.७ 
घ. शा.न.पा. ११ मा खैरावाङ्ग भुवनेश्वरी मन्दिरमा धर्मशाला निर्माण । 
ङ. लान्ती स्यानीखाल मोख्ला मोटरवाटो स्तोरउन्नती वडा नं.१३ 
च. चिसाधारा, स्याला, तुसारे, ढाँरखानी, सेजवालटाकुरा, गैरागाउँ, राउतकुवा लिफ्ट सिस्टम खा.पा. योजना वडा नं. १४ 
छ. मेलखेत हुदै थाङनेखोला हुदै चिसापानी सम्म सिचाई कुलो निर्माण वडा नं.१५ 
ज. चिसापानी सिचाई कुलो निर्माण तथा मर्मत वडा नं.१५  
झ. गोकनखोली खा.पा. चौरगाउँ आयोजना वडा नं.१५ 
ञ. हरले, चुचुरेढुङ्गा झोलुङ्गे पुल  निर्माण वडा नं.१५ 
ट. हुलाक घरदेखि जिल्ला हुलाक कार्यालय सम्म स्ल्याव निर्मान वडा नं.२
ठ. चैवाङ घुम्तीमोडमा सिचाई कुलो निर्माण वडा नं १
ड. वन कार्यालय देखि हस्पीटल झर्ने बाटो वडा नं. २
ढ. खलंगा बजारदेखि दुलधारा पोखरा बजार सम्म सडक सोलार बत्ति निर्माण 
ण. सानधारा ठुलधारा सिडि निर्माण वडा नं २
त. त्रिभुवन उ.मा.वि.मा सिभिल सव–इन्जिनियर कक्षा संचालन सहयोग
निर्णय नं. ३७. माथि उल्लेखित निर्णयका साथ तेस्रोे नगर परिषद २०७२ सम्पन्न गर्ने निर्णय गरियो ।