FAQs Complain Problems

तेस्रो चरणमा पिसिआर (PCR) परिक्षण गरिएका १०८ जनाको नगरबासिको रिपोर्ट नेगेटिभ

शारदा नगरपालिकाद्वारा निर्मित विभिन्न क्वारेन्टाइन्मा रहनुभएका भारत र तेस्रो मुलुक बाट घर फर्किएका नगरवासीहरुको तेस्रो चरणमा गरिएको पिसिआर (PCR) रिपोर्ट पनि नेगेटिभ आएको छ । तेस्रो चरणमा पिसिआर (PCR) परिक्षण गरिएका १०८ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।यस अघि क्वारेन्टाइनमा बस्नुभएका नगरवासीहरुको पहिलो चरणमा १ सय ११ र दोस्रो चरणमा १ सय ३१ गरि २ सय ४२ जनाको रिपोर्ट नेगेटिभ आएपछि उहाँहरुलाइ कम्तिमा १० दिन होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाइ सकिएको छ भने आज नेगेटिभ रिपोर्ट आएका हरुलाइ भोलि घर पठाइने छ । पहिलो चरणको दाङ्ग स्थित राप्ती विज्ञान प्रयोगशाला, दोस्रो चरणको चितवन स्थित प्रयोगशाला र तेस्रो चरणको हेटौडा स्थित प्रयोगशालामा पिसिआर (PCR) टेस्ट गरिएको हो।नगरले स्थापना गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३५० जनाको पिसिआर टेस्ट गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । अझै दुई दर्जन नगरवासीहरु क्वारेन्टाइनमा रहेको र उहाँहरुको स्वाब संकलन गरी चाडैँ नै परिक्षणका लागि पठाईने छ । नगरपालिकाले RDT भन्दा PCR परिक्षणलाई ग्राह्‍यता दिई हालसम्म परिक्षण गरिएका सबै नगरवासीको रिपोर्ट नेगेटिभ आएको छ ।हामी सबैले संयमता अप्‍नाई अनुशासनमा रहि नेपाल सरकारले निर्दिष्ट गरेका सबै स्वास्थ्य सम्बन्धी सल्लाह सुझावहरु पालना गर्न सवै नगरवासी हरुमा अनुरोध छ ।
भौतिक दुरी कायम गरौं, भिडभाडमा नजाऔं, आफु पनि बचौ अरुलाई पनि बचाऔं ।
खैरावाङ भगवतीले हामी सबैको रक्षा गरुन ।।।