FAQs Complain Problems

मेलमिलाप सम्वन्धी आधारभुत प्रशिक्षन कार्यक्रम समापन

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारिले अन्याय बढदै गए समाजमा बिद्रोह हुन सक्ने भन्दै अन्याय नगर्न सचेत रहनु पर्ने बताउनु भएकोछ।मेलमिलाप सम्वन्धी आधारभुत प्रशिक्षन कार्यक्रमको समापन समारोह लाई सम्बोधन गर्दै अधिकारिले यस्तो बताउनु भएको हो।
हिजो राज्य र नेतृत्व तहले अन्याय गर्दा देश युद्धमा गएको उल्लेख गर्दै उहाले आफुले बुझेर अन्याय नगर्ने र गर्न नदिने स्पश्ट पार्नुभयो। आठ दिन सम्म चलेको प्रशिक्षण कार्यक्रममा शारदा नगर पालिकाका १५ वटै वडा र बागचौर नपा का ५ वटा वडा का करिव ५ दर्जन मेलमिलाप कर्ता सहभागी थिए। यसै बिच प्रमुख अधिकारिले टिटि सङ्घ सल्यानले आयोजना गरेको ३ दिने टिटि खेलको पनि आजै उद्घाटन गर्नुभएकोछ।टिटि सङ्घ सल्यानका अध्यक्ष सन्तोष शाहका अनुसार ३ दिन सम्म चल्ने प्रतियोगिता बाट खेलाडी हरुको छनौट समेत गरिनेछ। यस्तै प्रमुख अधिकारिले आजै शानपा ६ मा नवनिर्मित मसान घाट प्रतिक्षालयको पनि उध्घाटन गर्नुभएकोछ।शानपा को आर्थिक सहयोग रहेको प्रतिक्षालयमा स्थानिय हरुको पनि आर्थिक सहयोग रहेकोछ।