शारदा नगरपालिकाले नगर भित्रका पशुपालक कृषक हरुका लागि शतप्रतिशत अनुदानमा बोयर जातका उन्नत बोका बितरन गरेको छ। शारदा नगर पालिका पशुसेवा कार्यालयका ना.स.प्रा.स.मधुशुधन उपाध्यायका अनुसार त्यस्ता ११ वटा बोका बितरन गरियकोहो।कार्यालयले आव्हान गरेको प्रस्ताब अनुसार नितिगत मापदण्ड भित्र परेका समूह,सहकारी र व्यक्तिगत फाराम हरुलाइ बोका बितरण गरिएको उपाध्यायले बताउनुभयो।शारदा नगर पालिका वडा नम्वर ६ का वडा अध्यक्ष एवम कृषि सङ्योजक भिकराज बुढाथोकी नेतृत्वको टोलिले प्राप्त प्रस्ताव हरुको मुल्याङ्ग्कन गरेकोथियो।
शारदा नगर पालिकाको नगर लाई पशु बिकास र कृषि उत्पादनको पकेट क्षेत्र बनाउने नीति अनुरुप व्यावसायिक बाख्रा पालन लाई उत्प्रेरित गर्न बोका बितरन गरिएकोहो।अघिल्लो आर्थिक वर्षमा पनि नगरले बोका बितरन गरेकोथियो। बोका बितरनको लक्ष्य परम्परागत बाख्रा पालन लाई क्रमश व्याबशायिक गर्दै लैजानु र उत्पादन लाई वढावा दिई कृषक हरुको आर्थिक अवस्था लाई उकास्नु रहेको कार्यालयले जनाएकोछ।बोयर बोकाको बितरनले नश्ल सुधार गर्नुका साथै हाल भैरहेको मासुको उत्पादन लाई दोव्वर बनाउनेछ।
अनुदानमा उन्नत जातका बोका बितरण
Supporting Documents: