FAQs Complain Problems

शहरी स्वास्थ्य क्लिनिकको स्थापना

शारदा नगर पालिका ४ स्थित सुनटाकुरामा शहरी स्वास्थ्य क्लिनिकको स्थापना गरिएकोछ।आधारभुत स्वास्थ्य सेवाको पहुच वाट टाढा रहेका नगरवासी लाई घर आगनमै सेवा दिने नगरको उधेस्य अनुसार सुनटाकुरामा क्लिनिकको स्थापना गरिएको हो। सुनटाकुरामा स्थापना गरिएको क्लिनिकले शानपा ४ र ६ का अधिकतम विरामी हरुलाइ सेवा पुर्याउनेछ।आज स्थापना गरिएको क्लिनिक सहित शारदा नगर पालिकाले करिव आधा दर्जन दुर्गम गाउँ हरुमा क्लिनिकको स्थापना गरिसकेकोछ। स्वास्थ्य सेवा क्लिनिकको उद्घाटन शानपा प्रमुख सुरेश अधिकारिले आज गर्नुभएकोहो।कार्यक्रममा शानपा उप प्रमुख सावित्रा वस्नेत,वडा नम्बर ४,५ र ८ का वडा अध्यक्ष हरु सहित कार्यकारी प्रमुख कृश्न बहादुर शाही समेत उपस्थित हुनुहुन्थ्यो। शारदा नगर पालिकाले आधारभुत स्वास्थय सेवा नपुगेका सवै गाउँ हरुमा क्रमश शहरी स्वासथ्य क्लिनिक स्थापना गर्ने नीति लिएकोछ।