FAQs Complain Problems

शारदा नगरपालिकाका विभिन्न १२ओटा क्वारेन्टिनमा बसेका नगरबासिको कोरोना नतिजा नेगेटीभ ।

नगर प्रमुख सुरेस अधिकारी ।
नगर प्रमुख सुरेश अधिकारी क्वारेन्टिनको अबलोकन गर्दै ।

भारत लगाएतका मुलुक बाट फर्केर नगरभित्रका विभिन्न क्वारेन्टाइनमा बसेका २ सय ४२ जना नगरवासी आज आआफ्नो घर फर्किएकाछ्न।पहिलो र दोस्रो चरणमा गरिएको पिसिआर टेस्ट नेगेटिभ देखिएपछी उनिहरुलाइ घर फर्काइएकोहो।उनिहरुलाई कम्तिमा १४ दिन सम्म होमक्वारेन्टाइनमा बस्न स्ल्लाह दिइएको नगर स्वास्थ्य शाखाले जनाएकोछ।
चितवन स्वास्थ्य बिग्यान प्रतिस्ठान र राप्ती स्वास्थ्य बिग्यान प्रतिस्ठानको प्रयोग शालामा २ सय ४२ नगरवासी हरुको स्वाव सङ्कलन गरि पठाइएकोथियो।उनिहरु सवैको रिपोर्ट नेगेटिभ आएकोछ।भारत बाट आइ नगर भित्रका १२ वटा क्वारेन्टाइनमा बसेका मध्य अब १ सय २१ जनाको स्वाव परिक्षण गर्न बाकिरहेको र तिनको स्वाव परिक्षण छिटटै गरिने नगर स्वास्थ्यका रबिन बिस्टले बताउनुभएकोछ।
बहुप्रतिक्षित स्वाव परिक्षणको नतिजा सकारात्मक आएपछी क्वारेन्टाइनमा बसेका सवैजना आज खुशी हुँदै घर फर्किएकाछन।नगरभित्रका विभिन्न क्वारेन्टाइनमा पुगेर नगर प्रमुख सुरेश अधिकारी,उप प्रमुख साबित्रा बस्नेत,१५ वटै वडाका वडा अध्यक्ष हरु र स्वास्थ्यकर्मी हरुले उनिहरुलाइ बिदा गर्नुभएकोथियो।
नगर प्रमुख अधिकारिले नगरवासी हरुको चेतना,सतर्कता र अनुशासनले कोरोना जस्तो खतरनाक महामारिको सङ्क्रमन नगर भित्र हालसम्म नदेखिएको भन्दै अब पनि त्यस्तै सतर्कता आवस्यक रहेको बताउनुभयो।उहाले कोरोना सङ्ग लडन नगरले सकेजतिको तयारी गरेको भन्दै नआत्तिन तर सजग रहन सवै नगरवासी सङ्ग अनुरोध गर्नुभयो।अधिकारिले पहिलो प्राथमिकता नगरवासी हरुको स्वास्थ्य रहने भन्दै आगामी बजेटलाइ स्वास्थ्य,रोजगारी र कृषि मुखी बनाइने स्पस्ट पार्नुभयो।