शारदा नगरपालिका र ग्रामिण खानेपानी सुधार आयोजना बिच आज खानेपानी मन्त्रालय काठमाण्डौमा एक सम्झौता सम्पन्न भएको छ।ग्रामिण खानेपानी सुधार आयोजना भाग २ लाई शारदा नगर पालिकामा सन्चालन गर्ने सम्बन्धमा शानपा प्रमुख सुरेश अधिकारी र मन्त्रालयका सहसचिव एवम आयोजना प्रमुख मनोज घिमिरे बिच आज सम्झौता सम्पन्न भएकोहो। ग्रामिण खानेपानी आयोजनाले पहिलो चरणमा सल्यानका १० वटै तहमा खानेपानी पुर्बाधार,जनशक्ती उत्पादन र शुद्ध खानेपानी जनस्तर सम्म पुर्याउने सन्दर्भमा उल्लेख्य काम गरेको थियो।तर आयोजनाको भाग २ अन्तर्गत अब सल्यानको शारदा नगर पालिका भित्र मात्र केन्दृत रहेर कार्यक्रम सन्चालन गरिने आयोजनाले जनाएकोछ।
आयोजनाले शारदा नगर पालिका भित्र रहेका खानेपानी मुहान र तिन्को अवस्था वारे तथ्याङ्क सङ्कलन र श्रोत मुल्याङ्कण गरिसकेकोछ।अब तिन्को नियमित परिचालनमा आयोजनाको जोड रहनेछ।जस्का कारण खानेपानीको अभाव बाट शानपा भित्रका उपभोक्ता हरुले छिट्टै मुक्ती पाउने सम्भावना बढेकोछ। ग्रामिण खानेपानी सुधार आयोजना भाग २ र शारदा नगर पालिका बिच आज भएको सम्झौता खानेपानीका सन्दर्भमा एउटा कोशेढुङ्गा भएको भन्दै शानपा प्रमुख सुरेश अधिकारिले आफ्नो प्रत्यक मतदाता बिच खानेपानी पुर्याउने लक्षमा सहयोग पुर्याएकोमा मन्त्रालय लाई धन्यवाद दिनुभयो।
ग्रामिण खानेपानी सुधार आयोजना भाग २ सम्झौता सम्पन्न
Supporting Documents: