FAQs Complain Problems

ग्रामिण खानेपानी सुधार आयोजना भाग २ सम्झौता सम्पन्न

शारदा नगरपालिका र ग्रामिण खानेपानी सुधार आयोजना बिच आज खानेपानी मन्त्रालय काठमाण्डौमा एक सम्झौता सम्पन्न भएको छ।ग्रामिण खानेपानी सुधार आयोजना भाग २ लाई शारदा नगर पालिकामा सन्चालन गर्ने सम्बन्धमा शानपा प्रमुख सुरेश अधिकारी र मन्त्रालयका सहसचिव एवम आयोजना प्रमुख मनोज घिमिरे बिच आज सम्झौता सम्पन्न भएकोहो। ग्रामिण खानेपानी आयोजनाले पहिलो चरणमा सल्यानका १० वटै तहमा खानेपानी पुर्बाधार,जनशक्ती उत्पादन र शुद्ध खानेपानी जनस्तर सम्म पुर्याउने सन्दर्भमा उल्लेख्य काम गरेको थियो।तर आयोजनाको भाग २ अन्तर्गत अब सल्यानको शारदा नगर पालिका भित्र मात्र केन्दृत रहेर कार्यक्रम सन्चालन गरिने आयोजनाले जनाएकोछ।
आयोजनाले शारदा नगर पालिका भित्र रहेका खानेपानी मुहान र तिन्को अवस्था वारे तथ्याङ्क सङ्कलन र श्रोत मुल्याङ्कण गरिसकेकोछ।अब तिन्को नियमित परिचालनमा आयोजनाको जोड रहनेछ।जस्का कारण खानेपानीको अभाव बाट शानपा भित्रका उपभोक्ता हरुले छिट्टै मुक्ती पाउने सम्भावना बढेकोछ। ग्रामिण खानेपानी सुधार आयोजना भाग २ र शारदा नगर पालिका बिच आज भएको सम्झौता खानेपानीका सन्दर्भमा एउटा कोशेढुङ्गा भएको भन्दै शानपा प्रमुख सुरेश अधिकारिले आफ्नो प्रत्यक मतदाता बिच खानेपानी पुर्याउने लक्षमा सहयोग पुर्याएकोमा मन्त्रालय लाई धन्यवाद दिनुभयो।